भाङ्गबारी ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ का किसानलाई आज धान खेतीमा आधुनिक प्र्रविधि तथा बिषदी नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखीकरण तालिम दिइएको छ । कृषि बजार ब्यवस्थापन समिति बिर्तामोड झापाको आर्थिक सहयोग, अर्जुनधारा नगरपालिका कृषि बिकास शाखाको प्रविधिक सहयोग र उमङ्ग कृषि, तरकारी, फलफू, बोटबिरुवा तथा पशुपंक्षी कृषक समूह अर्जुनधारा–४ झापाको आयोजनामा सम्पन्न सो अभिमुखीकरण तालिममा वडा नं. ४ भित्र रहेका बिभिन्न कृषि समूहमा आवद्ध ६३ जना स्थानीय किसानको सहभागिता रहेको समूहकी कोषाध्यक्ष रन्जना उप्रेतीले जानकारी दिइन् ।
अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले प्रमुख अतिथिको रुपमा हरिकिर्तन मण्डलीको हाताभित्र बिरुवा रोपेर समुद्घाटन गरेको सो र्काक्रममा कृषि बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथि निरज ओली, अर्जुनधारा–४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल, कृषि बजार समितिका सदस्य पार्वता बजगाई, उमङ्ग कृषि समूहका सल्लाहाकार कृष्ण हुमागाँई लगायतले आधुनिक कृषि प्रविधिको प्रयोगसँगै बिषदीको बढदो प्रयोगलाई नियन्त्रण गर्न किसान नै सचेत र जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आधुनिक कृषि प्रविधिको प्रयोगका बिषयमा अर्जुनधारा नगरपालिका कृषि बिकास शाखाका प्रमुख अधिकृत बिरमाया तामाङ्गले सहजीकरण गरेकी थिइन् । बिषदीको बढदो प्रयोग नियन्त्रणका लागि प्रभावकारी कार्य तथा जैविक मल र प्रकृतिक जैविक किटनाषक औषधीको प्रयोगका सम्बन्धमा कषि बजार बिर्तामोडका बिषादी अनुसन्धान दु«त बिश्लेषण प्रयोगशालाका प्राविधिक अम्बिका बोहोरा, अर्जुनधारा कृषि बिकास शाखाका प्राविधिकद्वय कृष्णराज जोशी र सन्तोष लामिछानेले सहजीकरण गरेका थिए ।
सोही कार्यक्रमकाबीच लामो समयदेखि कृषि कर्म गर्दै आएकी उमङ्ग कृषि समूहका जेष्ठ सदस्य टिकामाया पौडेल र लक्ष्मीप्रसाद खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उमङ्ग कृषि, तरकारी, फलफूल, बोटबिरुवा तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पहलमान खडकाको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरण कार्यक्रममा स्वागत प्रविना उप्रतीले गरेकी थिइन् भने कार्यक्रमको संचालन गंगा पोखरेल खतिवडाले गरेकी थिइन् ।


















