झापा । 

झापाको मेचीनगर नगरपपालिका–६ पुरानो मेचीपूल बाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । आज (बुधवार) दिनको ३ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा  र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टा बाट खटिएको संयुक्त टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । 

भारतबाट नेपाल तर्फ आउँदै गरेका बिर्तामोड–१  का ३० बर्षीय मो. सदाम हुसेन र भारतको पुत्र मो. इदरिश वडा १० दोहाबारी पनासिहाट किशनगञ्ज बिहार स्थायी वतन भई हाल बिर्तामोड–५  बस्ने १९ बर्षीय मुबारक अलीको साथबाट लागूऔषध खैरो हेरोइन प्लाष्टिक बाहेक ३ ग्राम २८० मिलिग्राम र इलामको फाकफोकथुम गाउँपालिका–३  का ४१ बर्षीय रमेश थेगिमको साथबाट प्लाष्टिक बाहेक २ ग्राम ८०० मिलिग्राम समेत गरी जम्मा प्लाष्टिक बाहेक ६ ग्राम ८० मिलीग्राम फेला परेको थियो । 

उक्त लागष्ूऔषधसहित  तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय  काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झmापाले जनाएको छ ।