बिर्तामोड । 

साउने संक्रान्तिको अवसरमा भोलि अर्थात साउन १ गते बिर्तामोडमा सांस्कृति कार्यक्रम हुने भएको छ । किङ गोर्खा फाउण्डेशन (केजीएफ) को आयोजनामा बिर्तामोडको ‘मुक्तिचोक जाऔं, आफ्नो संस्कारसंस्कृति जोगाऔࡆं’ भन्ने मुल नाराका साथ बिभिन्न जातजातीको धर्मसंस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमसहित साउने संक्रान्ति मनाउन लागिएको हो । केजीएफको अगुवाईमा हुने कार्यक्रममा राई, लिम्बुसहित अन्य जातजातीका संस्कृतिक झल्काउने पोशाक, बाजागाजा प्रर्दशनसहित र्याली कार्यक्रम आयोजना गरिने केजीएफका अध्यक्ष इहाङ लाबुङले जानकारी दिए ।

सवैलाई बाच्न पाउने अधिकार भएको र कोही पनि खान नपाएर गर्न नपरोस् भन्ने उदेश्यले केजीएफले बिर्तामोडमा रु. ५ मा खाना खुवाउँदै आएको छ । संस्कार, संस्कृति, खेलकूद, कृषि, पशुपन्छी र मानव सेवामा सर्मपित प्रतिष्ठानले कोही पनि गरिवीका कारण खाना नपाएर समस्यामा नपरुन् भनेर रु. ५ मा खाना अभियान सञ्चालन गर्दै आएको केजीएफका कोषाध्यक्ष बिक्रम सुब्बाले बताए । उनका अनुसार हालसम्म २० हजार भन्दा वढीलाई खाना खुपाइसकिएको छ ।

सामकाजिक सेवासँगै सवै धर्म र संस्कृतिको संरक्षण गर्ने उदेश्यले हुन लागेको सांस्कृति कार्यक्रममा आफ्नो भेषभुषा तथा पहिचान झल्कने पोशाकसहित बिर्तामोडस्थित मुक्तीचोकमा सहभागी बन्न किराँत थाक्थुम चुम्लुङका बिर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले आग्रह गरेका छन् ।

एकता भित्रको बिविधता नै नेपाल र नेपालीको पहिचान भएको भन्दै उनले कार्यक्रममा सहभागी सवैलाई साउन १ गते खीर खुवाउने कार्यक्रमसमेत रहेको जानकारी दिए । किराँत थाक्थुम चुम्लुङकी झापा सचिव भीममाया नेम्वाङले केजीएफ फाउण्डेशनले निःशुल्क खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरिन् । उनले नेपालीको संस्कार संस्कृतिको संरक्षण गर्ने उदेश्यले साउने संक्रान्तिको अवसरमा हुन लागेको कार्यक्रममा सवै जातजातीलाई सहभागी बन्नु आग्रह गरिन् । भेलि साउन १ गते बिर्तामोडस्थित मुक्तीचोकमा ११ः३० बजेबाट हुने कार्यक्रममा सांस्कृति प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।