बिर्तामोड । 

यलम्बर टाइम्सको विशेषांक ‘खुवालुङ’ विमोचन गरिएको छ । झापाको बिर्तामोेडमा आज (शुक्रवार) खुवालुङ म्यागेजीन विमोचन गरिएको हो । किरातीहरुको उद्गम थलो नै खुवालुङ भएकोले मुन्दुमी सन्देशका रुपमा यलम्वर टाइम्सले ‘खुवालुङ’ म्यागेजीन प्रकाशन गरेको सम्पादक दिपिन राईले जानकारी दिए । 

सम्पादक राईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पूर्व अर्थमन्त्री तथा नेकपा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वो (मौसम), नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, फोनिज केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राई, किरात राई यायोक्खा झापा अध्यक्ष गणेशबहादुर राई, किरात याक्थुम चुम्लुङ केन्द्रिय सदस्य धर्म लक्सम्वा, अर्जुनधारा नगरपालिकाका पूवर्प नगर प्रमुख हरिकुमार रानालगायतले म्यागेजिनको विमोचन गरेका थिए । 

यलम्वर टाइम्सकी लीला राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजन साम्पाङले गरेका थिए । म्यागेजीनको समिक्षा लेखक तथा साहित्कार कुमार भट्टराईले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि राई, बिशिष्ठ अतिथि आङ्वो, महासंघ झापा अध्यक्ष गिरी, ने.प्रज्ञा. प्र.पूर्व प्रज्ञा मुनाराज शेर्मा, लेखक तथा साहित्कार देसु बनेमलगायले शुभकामना मन्तव्य राखेका थिए ।