बिर्तामोड । 

झापाको बिर्तामोडमा ‘समुदाय स्तरीय क्यान्सर सचेतना आमा छोरी कार्यक्रम’ सम्पन्न भएको छ । लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीको आयोजनामा आज (बिहीवार) बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । 

लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्ट्रिक चिफ (एओजी) सत्यनारायण साहको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनाल र लायन्सका मार्केटिङ ओअर्डिनेटर शैलेन्द्र कुरुवाङको बिशिष्ठ आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्राविधिक सहयोग बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको रहेको थियो । कार्यक्रमको सहजीकरण मेनुका नेपाली र रितिशा तम्रुक लिम्बुले गरेकी थिइन् । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालले गरेको कार्यक्रममा झण्डाको अभिवादन स्मार्ट लेडीकी प्रथम उपाध्यक्ष गोमा मैनाली खड्काले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि शर्मा, बिशिष्ठ अतिथि डा. खनाल, बिशिष्ठ अतिथि कुरुवाङलगायतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लव कार्यक्रम संयोजक शीला बरालले गरेकी थिइन् । कार्यक्रममा साहित्कार मिना अधिकारी तिम्सिनाले आमाछोरीको बारेमा कविता पनि बाचन गरेकी थिइन् । 

बिर्ता मोडलकी प्रिन्सिपल गीता ढकाल खनाल, क्लववकी जोन चियर पर्सन यशोदा उप्रेती, स्मार्ट लेडीका पदाधिकारी तथा सदस्यहसहित बिद्यालयका छात्र तथा छात्रासहित उनीहरुका अभिभाकसहितको बाक्लो उपस्थिति रहेको अध्यक्ष खनालले जानकारी दिइन्् ।