लक्ष्मीपुर । 

झापा कनकाई–८ स्थित लक्ष्मीपुरको श्री हिमाली माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा परिचित एल.बि.पालुङ्वा एलबी पालुङ्वा सर्वसम्मत चयन भएका छन् । आज (आइतवार) बिद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य तथा कनकाई–८ का वडा अध्यक्ष लीला बहादुर कटुवाल संयोजकत्वमा बसेको बैठकमा अध्यक्ष पदको लागि उनलाई सर्वसम्मतले निर्वाचित गरिएको हो । 

अङ्ग्रेजी र अर्थशास्त्रमा स्नाकोत्तर तह उत्तीर्ण पछि अर्थशास्त्रमा एम. फिल. अध्ययन समेत पुरा गरी अहिले पि. एचडी शोध अनुसन्धान तयारीमा जुटेका पालुङ्वा अध्यक्ष भएसँगै बिद्यालयको हरेक क्षेत्रमा विकासको आशा जागेको छ । 

गत असार २५ गते सम्पन्न अभिभावक आम भेलाले विद्यालयको व्याबस्थान समिति सदस्यमा पालुङ्वालाई मनोनयन गरिएको थियो । आज बसेको व्यावस्थापन समितिको बैठकले पालुङ्वाको नेतृत्वमा ७ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति गठन प्रकृया  सम्पन्न गरेको हो । समितिको पदेना सदस्यमा कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, सदस्यसचिवमा बिद्यालयका प्राधान्यापक ज्ञानबहादुर रायमाझी छन् । 

यस्तै समितिको सदस्यहरुमा  अर्जुनमणि निरौला, सिता मिश्र कट्टेल, निशा शेर्मा पाहिम र शिक्षक प्रतिनिधिका रुपमा थामनारायण गिरी सर्वसम्मत चयन भएका छन् । बिद्यालयलाई शैक्षिक स्तर उन्नति र बिकासको लागि जोड दिँदै समयानुकूल गुणस्तरीय शिक्षा प्राप्त हुने नमुना बिद्यालयमा स्थापित गर्नेमा निरन्तर लागि रहने अध्यक्ष पालुङ्वा बताएका छन् ।

कनकाई–८ र ९, बिर्तामोड–२ र अर्जुनधारा– का बिद्यार्थीहरु अध्यापन गरिरहेका बिद्यालयका प्रधानाध्यापक रायमाझीले जानकारी दिए । उनका अनुसार हाल कक्षा १० सम्म बिद्यालयमा ४६२ बिद्यार्थी अध्यानरत रहेका छन् भने २७ जना शिक्षक तथा कर्मचारी रहेका छन् । बिद्यालयमा नेपाली र अंग्रेजी मिडियममा पढाई हुँदै आएको छ । कनकाई नगरपालिका भरीमा दोस्रो धेरै बिद्यार्थी संख्या भएको सामुदायिक बिद्यालय हिमाली भएको बताइएको छ । कनकाईमा सवै भन्द्या धेरै बिद्यार्थी भएको सामुदायिक बिद्यालय कनकाई मावि हो । यसैगरी हिमाली माविमा आवशिय बिशेष कक्षासमेत सञ्चालनमा रहेको छ । कक्षा–१ देखि ५ सम्म फरक क्षमता अर्थात बहिरा बालबालिकाहरु २० जना आवाससहित अध्ययनरत रहेका बताइएको छ ।