बिर्तामोड ।
जिल्ला बचत तथा ऋण सहकारी संघ झापाले स्थापना दिवस मनाएको छ । संघले आज (मंगलबार) बिर्तामोडमा संघको १६ औं स्थापना दिवसको अवसरमा अन्तरक्रियासमेत गरेको हो ।
संघका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघका केन्द्रिय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत संघका हिमालयप्रसाद कन्दङ्वाले गरेको कार्यक्रममा बचत तथा ऋण सहकारी संघकी कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराईको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा संघका सह–सचिव टसबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ झापा कोषाध्यक्ष केशव बस्नेत, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य राजेन्द्र गौतमलगायतको पनि आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव बिनोद ढकालले गरेका थिए ।


















