बिर्तामोड ।

क्षितिज नाट्य प्रतिष्ठान, झापाको ९ औँ महाधिवेशन तथा वार्षिक साधारण सभाले संस्थाको नेतृत्वमा पुनः माधब कल्पितलाई चयन गरेको छ। महाधिवेशनबाट कल्पितको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनुका साथै साहित्य, नाट्य, संगीत, नृत्य, नौमती, व्यवस्थापन, योग–अध्यात्म तथा सांस्कृतिक र चलचित्र विभागका नयाँ नेतृत्वसमेत चयन भएका छन्।

बरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको निर्वाचन प्रक्रिया झोराहाट, मोरङका रंगकर्मी तथा साहित्यकार प्रयागराज न्यौपानेको निर्वाचन अधिकृतत्वमा सम्पन्न भएको थियो। निर्वाचन समितिमा सुनसरी की शिक्षासेवि ,प्राध्यापक विमला पोखरेल र बिर्ताज्योति साप्ताहिक झापाका सम्पादक सञ्चारकर्मी तुलसीप्रसाद निरौला सदस्यका रूपमा रहेका थिए।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको उपाध्यक्षमा हरि प्रसाद भण्डारी, उपाध्यक्षमा सुजना खतिवडा, महासचिवमा गजेन्द्र पृथक, सचिवमा राजकुमार भट्टराई र कोषाध्यक्षमा मुना प्रसाई चयन भएका छन्। सदस्यहरूमा मदन रसाइली, युवराज चुडाल र राबित्रा राजवंशी प्रितम कुमार धमला र भिमा खतिवडा निर्वाचित भएका छन्।

     यसैगरि प्रतिष्ठानको साहित्य विभागको अध्यक्षमा तुलसी प्रसाद भट्टराई र उपाध्यक्षमा दुर्गा प्रसाद सिग्देल र महासचिव डिल्लीराम परदेशी निर्वाचित भएका छन्। त्यस्तै नाट्य विभागको अध्यक्षमा पूर्णिमा विश्वकर्मा उपाध्यक्षमा सृष्टि आचार्य, महासचिवमा विवेक मिश्र, सचिवमा समीक्षा खतिवडा र कोषाध्यक्षमा दिपा शिवाकोटी सदस्यहरुमा आर्जु पौड्याल ,राकेश दर्नाल, प्रज्वल भट्टराई, निर्वाचित भएका छन्। विभागका सदस्यमा राकेश दर्नाल, आर्जु पौड्याल, सम्पदा राई, दिपा सिवाकोटी र प्रज्वल भट्टराई चयन भएका छन्।

संगीत विभागको अध्यक्षमा माधब प्रसाद सिटौला र महासचिवमा सुजन शिवाकोटी तथा नृत्य विभागको महासचिवमा दिलकुमार लिम्बू निर्वाचित भएका छन्। नौमती विभागको अध्यक्षमा देवीमाया प्रसाई,। योग, अध्यात्म तथा सांस्कृतिक विभागको संयोजकमा कुमार ढकाल ,चलचित्र विभागको अध्यक्षमा सबिता रेग्मी उपत्यका सम्पर्क समिति अध्यक्ष दिवाकर मानसिह बस्नेत अनुसन्धान तथा प्रशिक्षण विभाग अध्यक्ष तारा प्रकाश भट्टराई निर्वाचित भएका छन्। 

२०५८ सालमा स्थापित क्षितिज नाट्य प्रतिष्ठानले दुई दशकभन्दा लामो यात्रामा नेपाली नाट्य तथा सांस्कृतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ। सडक नाटक, मञ्च नाटक, सामाजिक सचेतना, साहित्य, संगीत तथा नृत्यका माध्यमबाट संस्थाले आफ्नो गतिविधिलाई विस्तार गर्दै आएको छ। संस्थाको केन्द्रीय कार्यालय हाल बिर्तामोड–१, झापामा रहेको छ। 

प्रतिष्ठानले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई समेट्ने उद्देश्यसहित झापा नाटक घर निर्माण अभियानसमेत अघि बढाएको छ। ‘एक इँटा अभियान’मार्फत सर्वसाधारणको सहभागिता जुटाउँदै अघि बढाइएको उक्त अभियानले संस्थालाई रंगमञ्चीय गतिविधिसँगै सांस्कृतिक पूर्वाधार निर्माणतर्फ समेत जोडेको छ। 

संस्थाका अध्यक्ष माधब कल्पितले लामो समयदेखि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नेतृत्व गर्दै आएका छन्। उनको नेतृत्वमा प्रतिष्ठानले नाट्य गतिविधिलाई संस्थागत बनाउँदै आफ्नै नाटकघर निर्माणको अभियान अघि बढाएको छ। कल्पितलाई नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै २०२६ मार्चमा भियतनामको दा नाङ फाइन आर्ट एशोसिएसनले सम्मानसमेत गरेको थियो। 

नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै प्रतिष्ठानले आफ्नो संस्थागत यात्रालाई थप व्यवस्थित बनाउँदै नेपाली रंगमञ्च, साहित्य, संगीत, नृत्य, चलचित्र तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। २०५८ सालदेखि नै नेतृत्वको जिम्मेवारी पाएका अध्यक्ष माधब कल्पितका लागि भने यो कार्यकाल विगतको संस्थागत यात्रालाई थप मजबुत बनाउँदै क्षितिजलाई राष्ट्रिय  रंगमञ्चको प्रभावशाली संस्थाका रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ। नवीन नेतृत्वसँगै क्षितिजको आगामी यात्रा अब रंगमञ्चीय सिर्जनासँगै नेपाली कला,संस्कृतिको संरक्षण, पुस्तान्तरण र संस्थागत विकासतर्फ केन्द्रित हुने देखिएको छ।

समुहका अध्यक्ष माधव कल्पितको अधयक्षतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रममा वरिष्ठ साहित्यकार  केशव आचार्यकोे प्रमुख आतिथ्य रहेकोे थियो । स्वागत नाट्य प्रतिष्ठानका बिभागीय संयोजक गजेन्द्र पृथकले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशव आचार्य, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, प्राध्यापक नविन ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन साहित्य बिधा संयोजक तुलसीप्रसाद भट्टराईले गरेका थिए ।