झापा । 

झापाको हल्दीबारीकी कल्पना खतिवडा कमेडी च्याम्पियन सिजन ४’ को उत्कृष्ट नौ मा पुगेकी छिन् । खतिवडाको गज्जबको कला, जादुमयी प्रस्तुति र मञ्चमा देखिने अद्भूत आँटले सबैको मन जित्न सफल भएकी छिन् । 

उनको अथक मिहिनेत र उत्कृष्ट अभिनयका कारण आज देशैभरिका प्रतिभाहरू माझ उत्कृष्ट ९ सम्म पुग्न सफल भइसकेकी हुन्। उनले हाँसो मात्र छरेकी छैनन्, बरु हल्दीबारी र सिंगो झापा जिल्लाकै शिर उच्च बनाएकी स्थानीयहरुको भनाई छ ।  गाउँको एउटा सानो कुनाबाट सुरु भएको उनको यो कलात्मक यात्रालाई अब देशकै सर्वोत्कृष्ट मञ्चको शिखरमा पुर्‍याउने सवैको जिम्मेवारी आएको छ।

प्रतिस्पर्धा निकै कठिन मोडमा पुगेको र अब उनलाई उत्कृष्ट ८ को आगामी सुरक्षित यात्रा गराउन सवैले  एउटा सानो प्रयास र एउटै भोट पनि निर्णायक बन्न सक्ने भएकाले सवैले साथ र सहयोग गर्न आग्रह गरेकी छिन् । कला र प्रतिभा भएर मात्र पुग्दैन, यस्ता मञ्चहरूमा अघि बढ्न आफ्नाहरूको साथ र मायाको उत्तिकै खाँचो पर्ने भएकाले पनि समय अगावै खतिवडालाई आफ्नो अमूल्य भोट दिएर उत्कृष्टको यात्रामा साथ दिन स्थानीयहरुको भनाईछ । 

एउटा भोटले कल्पनाको सपना मात्र  नभएर साँचो प्रतिभाले न्याय पाउने र झापाको नाम फेरि एकपटक राष्ट्रिय स्तरमा चम्किने विवश्वास गरिएको छ।