चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका–९ स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक रहेको पार्कको सरसफाइमा स्थानीय जुटेका छन् ।देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा शनिबार स्थानीयले पार्कको सरसफाइ गरेका गरिएको हो ।
झापाको सदरमुकाममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह, भद्रपुर नगरपालिका र स्थानीयबासीको सहयोगमा पार्क निर्माण भइ संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो ।
देवकोटा स्मारक संरक्षण समितिले पार्कमा सिसी टिभी, लाइटिङका साथै पार्कमा चाइनिज दुबो लगाउनका लागि नगरपालिकालाई आग्रह गरिएकोमा भद्रपुर नगरपालिकाले चासो नदेखाएको समिति अध्यक्ष राजु बरालले बताए । त्यसका अतिरिक्त प्रत्येक महिना साहित्यिक तथा सिर्जनात्मक कार्य गरी पार्क दैनिक खुला राख्न वार्शिक कार्ययोजना कार्यान्वयन गर्न बजेट माग गरिएकोमा नगरपालिकाले आवस्यक बजेट उपलब्ध नगराएको अध्यक्ष बरालले जानकारी दिए ।


















