चारपाने । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको रुपमा हेमराज गिरी (राजु) ले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।  

गिरीले “मेरो कुनै गुठ पनि छैन, संस्थामा लुट गर्नेलाई छुट पनि छैन“ भन्ने मुल नाराका साथ संस्थाको आगामी असोज १० गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी मनोनयन दर्ता गरेर चुनावी प्रचारप्रसारलाई तिव्र पारेका छन् ।

गिरीले दुई कार्यकाल संस्थाको सञ्चालक समिति सदस्यमा रहेर कुशलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् । साथै परिवर्तन सामुदायिक अध्ययन केन्द्रको संस्थापक सचिवसहित बिभिन्न सामाजिक संघ÷संस्थामा रहेर कार्य गरेको गिरी बताउँछन् । संस्थाका संस्थापक शेयर सदस्य गिरी शेयर नं. २० भएको उनको भनाई छ ।  

गिरीले संस्थाका सम्पूर्ण शेयर सदस्यहरुले आफ्नो अमूल्य मत दिएर अत्याधिक बहुमतका साथ विजय गराई दिन आग्रह गर्दै ११ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । 

यस्ता छन् स्वतन्त्र बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार गिरीका प्रतिवद्धता :

१) सञ्चालक समिवतको भत्ता घटाउने ।

२) वैदेशीक तथा आन्तरीक भ्रमण या विषय विशेषज्ञाताको आधारमा आवश्यकता हेरी बढीमा १ वा २ जना पठाउने ।

३) अनाआवश्यक  खर्च पूर्ण रुपमा कटौति गर्ने ।

४) कर्मचारीहरुको तलब वैज्ञानीक ढंग संगठन र व्यवस्थापक टिमसँग सल्लाह गरी बढाउने 

५) शेयर सदस्यहरुलाई अधिकतम मुनाफा (लाभान्स) दिने ।

६) कर्मचारीको सरूवा र बढुवामा निश्पक्ष रुपमा गर्ने ।

७) संस्थाको कुनैपनि कार्यक्रममा शेयर सदस्य बोलाएमा कम्तीमा रु. १००० भत्ता दिने ।

८) संस्थाको साधारण सभामा शेयर सदस्यलाई जिन्सी समानको सट्टा नगद नै दिने

९) संस्थाको कुनैपनि गोप्य कुरा वाहेक अन्य सबै बैठकमा भएको कुरा सामाजिक सञ्जालद्वारा शेयर सदस्यलाई जानकारी गराउने ।

१०) संस्थाको गतिविधी वारे हरेक महिना पत्रकार सम्मेलन गरी जानकारी गर्ने साथै  सञ्चाालक समितिबाट प्रवक्ता चयन गर्ने ।

११) संस्थालाई पूर्ण रूपले पेपर लेस एआई, डिजिटल प्रविधी भित्र्याउने ।