धुलाबारी । 

रसुवामा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको सहयोगका लागि धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी तथा क्याम्पस परिवारले १ लाख ५२ हजार ५ सय ९० रुपैयाँ सहयोग गरेको छ।

विद्यालय तथा क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय–क्याम्पस परिवारको सामूहिक पहलमा संकलन गरिएको उक्त रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय परिवारले स्वेच्छिक रूपमा रकम संकलन गरेको हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल जगतबहादुर तामाङले जानकारी दिए।

प्रिन्सिपल तामाङले विपत्तिको समयमा पीडित नागरिकप्रति विद्यालय र क्याम्पसको सामाजिक उत्तरदायित्वसमेत जोडिने भएकाले शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागितामा सहयोग रकम संकलन गरिएको बताए।

विद्यालय–क्याम्पस परिवारले शिक्षा प्रदान गर्ने संस्थाको भूमिकासँगै सामाजिक सेवामा पनि आफ्नो योगदान रहनुपर्ने मान्यताका साथ सहयोग गरिएको जनाएको छ।

रसुवालगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भइरहेका बेला पीडितको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।