चन्द्रगढी ।

झापाको भद्रपुर–९ चन्द्रगढीस्थित देवकोटा जेष्ठ नागरिक चौतारीको दोस्रो साधरण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । उक्त साधरण सभाले हरिप्रसाद पराजुलीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

नव गठित कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शाही, सचिवमा बिमल बराल, सहसचिवमा नरप्रसाद चौहान र कोषाध्यक्षमा टेकबहादुर रोका सर्वसम्मत चयन भएका छन् । 

कार्यसमिति सदस्यहरुमा बेदनिधि सापकोटा, रामकृष्ण सापकोटा, माया तिम्सिना, शोमा दाहाल, खेमराज पौडेल र हर्सनारायण श्रेष्ठ रहेको निर्वाचन समितिका संयोजक तारालाल रुचालले जानकारी दिएका छन् । साधरण सभाको बन्द सत्रमा तारालाल रुचालको संयोजकत्वमा अभिनारायण निरौला र शिवकुमार राजभन्डारी सदस्य रहेको निर्वाचन समितिको अध्यक्ष मण्डल चयन गरेको थियो भने राजु बरालको संयोजकत्वमा गणेश भण्डारी र सोमप्रसाद पौडेल सदस्य रहेको माइन्युट लेखन समिति समेत सर्वसम्मत चयन गरेको थियो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सरोज निरौलाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा भद्रपुर नगर उपप्रमुख कार्कीले जेष्ठ ब्यक्तित्व बिष्णुप्रसाद शिवाकोटी, खड्गमाया खरेल र होमकुमारी घिमिरेलाई टेक्ने लट्ठी प्रदान गर्दै सम्मान गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि कार्कीका साथै दुर्गाप्रसाद भट्टराई, बिष्णुप्रसाद शिवाकोटी, हिराप्रसाद पोखरेल र शिवकुमार राजभण्डारीले शुभकामना मन्तब्य राखेका थिए । हरिप्रसाद पराजुलीको अध्यक्षता र जङ्गबहादुर रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत खड्गप्रसाद दाहालले गरेका थिए ।