बिर्तामोड ।
नेपाली लघुु चलचित्र ‘बाबाको बासुरी’ (एउटा टुहुरोको कथा) ले च्यारिटी शोबाट भएको आम्दानीबाट बाढीपिडीतका लागि १० हजार रुपैयाँ सहयोेग गरेको छ । गत असोज १० गते धुलावारी र ११ गते बिर्तामोेडममा फिल्मको च्यारिटी शो प्र्दर्शन गरिएको थियो ।
आमा–बुबाको माया र साथबाट वञ्चित एउटा टुहुरो बालकको जीवन, उसको संघर्ष, पीडा, सपना र परिवारप्रतिको मायालाई मुख्य बिषय बस्तु बनाएर तयार गरिएको चलचित्र ‘बाबाको बासुरी’ (एउटा टुहुरोको कथा) ले च्यारिटी सोबाट भएको आम्दानीबाट बाढी बाढीपिडीत लागि १० हजार सहयोग गरेकोे चलचित्रका निर्माता तथा कलाकार पूर्ण सुनारले जानकारी दिएका हुन् ।
झापाका बिभिन्न रमणीय पर्यटकीय स्थलमा छायङ्कन गरिएका उक्त फिल्मको पहिलो च्यारिटी शो गत असोज १० गते धुलावारी र असोज ११ गते बिर्तामोडमा गरिएको थियो ।
पूर्ण सुनारको व्यानरमा निर्माण गरिएको ‘बाबाको बासुरी’ एक घण्टा ४५ मिनेटको रहेको अभिनेता पूर्ण सुनारले बताए । लेखक तथा निर्देशन कमल लिम्बु (लाहुरे) को रहेको उक्त चलचित्रमा पूर्ण सुनार, शितल खनाल, बिपिन प्रसाई, भीमा खतिवाडा, काजी बराल, राजा कन्दङ्वा, दिलकुमार नेम्वाङ, ओम सेन्चुरी, सनम राजवंशीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको निर्माता, संगीत तथा गीतका शब्दहरु पूर्ण सुनार, क्यामेरा इडिटर तीलक रिजाल, गायक पूर्ण सुनार, ममता गुरुङ र यमुना तिवारी रहेका छन् भने चलचित्रको एक्शन सुदिप खवासले दिएका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशुलीमा आएको बिनाशकारी वाढीपिडीतका लागि फिल्मको च्यारिटी शोबाट भएको आम्दानीबाट थोेरै भएपनि सहयोग पुगोस् भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको बताइएको छ ।


















