चारपाने ।
एकपछि अर्को सामाजिक कार्यलाई निरन्तरता दिदै आएको झापाको बिर्तामोड–२ स्थित चारपानेको जेम्स फिटनेस सेन्टरले बडादशैंको अवसर पारेर साङ्गीतिक कार्यक्रम गरेको छ । सेन्टरले बडादशैंको महाअष्टकीका दिन आइतवार चारपाने चोकमा राष्ट्रिय कलाकारसहितको साङ्गीतिक आयोजना गरेको हो ।
साङ्गीतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायिका जुनु रिजाल, गायक रामचन्द्र काफ्ले र टिकटकर तथा डान्सर सिद्धार्थ क्षेत्रीसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । आयोजक संस्था जेम्स फिटनेस सेन्टरका सञ्चालक जेम्स उप्रेतीको अध्यक्षतामा भएको साङ्गीतिक कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गायन, नृत्य तथा हास्यब्याङ्य प्रस्तुत गरेका थिए । आज बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
खुल्ला साङ्गितीक कार्यक्रम भएपनि क्यान्स पिडीतलाई सहयोग गर्ने उदेश्यले डोनेट बक्स राखिएको सेन्टरका सञ्चालक उप्रेतीको उप्रेतीले बताए । उप्रेतीका अनुसार डोनेट बक्समा संकलित रकम आर्थिक अवस्था कमजोर भएका २० बर्ष मुनी उमेर समुहका क्यान्सर पिडीतहरुलाई सहयोग गरिनेछ । डोनेट बक्समा प्रमुख अतिथि बिर्तामोड नगरका नगर उप–प्रमुख संग्रौलाले आर्थिक सहयोग गरेका छन् ।
स्वागत सामाजिक तथा राजनीतिक नेत्रृ पार्वता भारती गिरीले गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संग्रौला, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व बालकृष्ण गिरी, डिल्लीराम सिटौला, डम्बर देउजालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमलाई मेची आँखा अस्पताल, बिर्तामोड नगरपालिका, सहारा नेपाल साकोस, पापाज क्याफेलगायतले सहयोग गरेका थिए । कार्यक्रममा कलाकाहरुलाई सम्मानसहित नगदसमेत प्रदान गरिएको थियो ।
सेन्टरले स्थापनाकालदेखिनै बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । सेन्टरले खुल्ला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम, लागूऔषध बिरुद्धलगायतका कार्यक्रमहरु गरिसकेको छ भने आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने फिटनेस सञ्चालक उप्रेतीले जानकारी िदिए ।
प्रतिक्रिया 0