बिर्तामोड। 

झापा विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपालीहरुको महान पर्व बडादशैंमा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा दिने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने अस्पतथाल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रोमिश गिरीलेले बडादशैैंको विशेष दिनका रूपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकून् भनेर सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् । हस्पिटलमा २ गतेदेखि ५ गतेसम्म चार दिन आकस्मिक कक्ष तथा ओपिडीबाट पनि स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ । 

‘हस्पिटलले आफ्नो सेवालाई निरन्तरता दिनेछ’ गिरीले भने ‘हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ, तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, जुनसुकै सेवा दिन अस्पताल तयार छ ।’ 

चाडपर्वका समयमा हुन सक्ने दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था गरिएको उनले बताए । 

अस्पतालका प्रमुख  गिरीले दशैं बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराउनु आवश्यक रहेको बताए । अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उनले जानकारी दिए ।

उनले आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई पनि सेवा दिने गरी तयारी गरेको जानकारी दिए । पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्न सक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि उत्पन्न हुन सक्ने भएकाले अस्पतालले सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।