बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित कन्काई हस्पिटलमा इन्डोक्राइनोलोजी (हर्मोन तथा ग्रन्थी रोग) सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भएको छ । एकपछि अर्को गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले नयाँ थप विशेषज्ञ सेवाह विस्तार गरेको हो ।
इन्डोक्राइनोलोजीमा डीएम (DM) उपाधि हासिल गरेका विशेषज्ञ चिकित्सक डा.अन्जल बिष्टले मंसिर २ गतेदेखि हर्मोन तथा ग्रन्थी रोग सम्बन्धी विशेषज्ञ सेवा दिदै आएका आइतवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
डा बिष्टले विशेषगरी मधुमेह (डायबिटिज), थाइराइड, पिट्युटरी ग्रन्थी, एड्रिनल ग्रन्थी तथा शरीरमा हुने विभिन्न हर्मोनसम्बन्धी रोग र समस्याहरूको विशेषज्ञ उपचार प्रदान गर्ने हस्सिपटलका अध्यक्ष युवराज डाँगीले जानकारी दिए ।
वीर अस्पतालमा लामो समयसम्म अध्ययन, अध्यापन तथा चिकित्सकीय अभ्यासको अनुभव हासिल गरेका डा. बिष्ट इन्डोक्राइनोलोजी क्षेत्रमा अनुभवी विशेषज्ञ चिकित्सक हुन्। उनले रुमाटोलोजी (बाथरोग) तथा क्लिनिकल इम्युनोलोजीमा समेत फेलोसिप प्रशिक्षण पूरा गरेका छन्।
उनको शैक्षिक, अध्यापन तथा चिकित्सकीय अनुभवले बिरामीहरूलाई गुणस्तरीय विशेषज्ञ उपचार सेवा प्राप्त गर्न थप सहयोग पुग्ने अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा डा. विष्टले हर्मोन तथा ग्रन्थी सम्बन्धी रोग र त्यसले मानव शरिरमा गर्ने अवसरसँगै उपचार विधिका बारेमा जानकारी दिएका थिए ।
प्रतिक्रिया 0