बिर्तामोड । 

झापाको बिर्तामोड ५, स्थित धर्मकाँटा रोडमा नेपाल डेन्टल एण्ड मल्टिस्पेसियलिटि केयर सेन्टर पालि सञ्चालनमा आएको छ । शुक्रवार बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले डेन्टलको उद्घाटन गरेका हुन् । करिव एक करोड भन्दावढी रुपैयाँको लगानीमा सञ्चालनमा आएको डेन्टल उद्घाटनको अवसर पारेर बिशेष छुट दिइएको सञ्चालक कमल कोइरालाले जानकारी दिए । 

डेन्टलमा मंसीर महिनाभर ओपिडी निःशुल्क अन्य उपचार सेवामा १५ प्रतिशत छुट र गरिव तथा बिपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, असक्त ब्यक्तिलाई वडाको सिफारिसमा निःशुल्क उपचार सेवा प्रदान गरिने हिरा कोइरालाले बताए । डेन्टलमा दाँत निकाल्ने, सफा गर्ने,  जरैबाट भर्ने, दाँत टल्काउने, नक्कली दाँत लगानउने, दाँत प्रत्यारोपण, नमिलेको दाँत मिलाउने साथै दाँत र मुख सम्बन्धि सम्पूर्ण उपचार गरिने सञ्चालक अनिता बजगाँईले बताइन् । 

डेन्टलमा अत्याधुनिक सुविधा सम्पन्न युरोपियन कम्पनीको बिक्लास अटो क्ल्याभ मेशिनबाट उपचार गरिने बताइएको छ । जुन मेशिन झापामै पहिलो भएको सञ्चालकको दावी छ । पछिल्लो समय युवा तथा बालबालिकामा दाँतको समस्या बढी देखिने गरेको डा. ज्योति शर्माले जानकारी दिइन् । उनले यहाँ सवै दाँत रोग सम्बन्धी उपचार दक्ष चिकित्सकद्धारा गरिने बताइन् । 

कार्यक्रमका शुभकामना दिदैं वडाध्यक्ष प्रसाईले बिर्तामोड क्षेत्रमा निजी लगानीमा डेन्टलहरु खेलिनु खुसीको कुरा भएको बताए । उनले उपचारमा बिदेशिने रकम नेपालमै सदुपयोग हुने भन्दै मौकाको फाइदा लिन सबैलाई आग्रह गरे । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी पंकज शर्माले गरेका थिए ।