भद्रपुर ।
जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन भोली आइतवार विशेष सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले शनिवार उक सूचना जारी गर्दै विशेष सेवा सञ्चालनको बारेमा जानकारी दिएको हो । अति नै इमर्जेन्सी परेर सेवा लिनुपर्ने राष्ट्रिय परिचयपत्र तर्फ १०० जना र राहदानीतर्फ ५० जनालाई इनरोलमेन्टको सेवा भोलि बिदाको दिन पनि दिने तयारी गरेको हो ।
तयारी भई आएको राष्ट्रिय परिचयपत्रको कार्ड तथा तयारी भई आएको राहधानी पनि बुझिलिने सेवा उपलब्ध गराउने प्रशासनले जनाएको छ ।
दशैं मनाएर आफ्नो कर्मक्षेत्रमा फर्किनेहरूको लागि विशेष सेवा भोलि कार्तिक ८ गते आइतबार दशैंको बिदा भएपनि अत्यावश्यक काम परी काठमाडौँ कार्यक्षेत्र नफर्की नहुने झापाली सेवाग्राहीको लागि एक दिने विशेष सेवा प्रदान गरिने भएको प्रशासनले जनाएको छ ।
प्रदान गरिने सेवाहरूः
राष्ट्रिय परिचयपत्रको सेवा (सबै प्रमाण पुगेको हुनुपर्दछ)।
राहदानीको सेवा (राजस्वको डिजिटल पेमेन्ट गर्ने सुविधा भएका सेवाग्राहीको मात्र )
नोटः थोरै जनशक्तिबाट विशेष सेवा प्रवाह गरिने भएकोले राष्ट्रिय परिचयपत्र तर्फ १०० जनाको, राहदानीतर्फ ५० जनाको इनरोल्मेन्ट गरिनेछ ।
प्रिन्ट भएर आएको राहदानी तथा राष्ट्रिय परिचयपत्र बुझिलिने सेवा समेत उपलब्ध छ।
कृपया अत्यावश्यक सेवाग्राहीले मात्र सेवा लिनु हुनेछ। किनकि पर्सि ९ गते बाट हामी नियमित सेवा प्रवाह गर्ने नै छौँ।
तर, लिमिटेड कोटा भएकाले इमर्जेन्सी हुनेका लागि मात्र ।
प्रतिक्रिया 0