झापा । 

छठ पर्व नजिकिएसँगै तराईका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। यसै क्रममा सिरहाका बजारमा बाँसका सामग्रीको किनबेच बढ्न थालेको हो । 

सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ। 

पर्वको तयारीसँगै बाँसका सामग्रीले बजारमा छठको रौनक थपेका छन्। छठ पर्व बिशेष गरेर तराईका जिल्लाहरुमा मनाउने गरिन्छ । यो पर्व तिहार सकिएसँगै सुरु हुन्छ ।