झापा । 

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ, बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आइतबार आज  दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।