झापा । 

नेपालीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज गाईतिहार मनाइँदै छ। यमपन्चक अर्थात तिहारको आज गाईको पूजा आराधना गरी मनाइँदैछ । आज प्रत्येक घरमा गाईलाई मीठा परिकार खुवाएर गाई तिहार मनाइँदैछ । कार्तिक कृष्ण औँसीका दिन मनाइने गाईतिहारमा गाईलाई फुलका माला लगाएर पूजा, आराधना गरी मीठा परिकार खुवाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

हिन्दू धर्ममा गाईलाई गाईमाता अर्थात पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूध जत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा पनि सम्मान गरिन्छ । 

हिन्दू धर्ममा गाईलाई माता तथा लक्ष्मीको प्रतीकका रूपमा लिइन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ। गाईको दूध आमाको दूधजस्तै पौष्टिक हुने मान्यताका कारण गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन छ। हिजो साँझ घरघरमा लक्ष्मीपूजा गरिएको थियो ।