झापा। 

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। 

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती काटिने भएको हो।   

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।   

Screenshot 2026-11-19 091025