लक्ष्मीपुर । 

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण तथा छात्रको अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।  स्मार्ट लेडीकी अध्यक्ष लायन सरु भुर्तेल खनालको अध्यक्षता तथा जीइटी मनोज वस्नेतको प्रमुख आतिथ्यमा बिहीवार झापाको अर्जुनधारा–५ स्थित समाजसेवी आधारभुत विद्यालयमा स्टेशनरी सामग्री वितरण तथा कक्षा ५ मा अध्ययनरत छात्र विशाल चेपाङ्गको अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न गरेकोे हो । 

कार्यक्रममा ५० जना बिद्यार्थीहरुलाई कपि पेन्सिल र चकलेट ‌बितरण गरिएको र विशाल चेपाङ्ग १२ हजार रुपैयाँ बार्षिक शुल्क प्रदान गरिएको थियो ।  कार्यक्रममा बागेडाँगी सामुदायिक विकास केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी, विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराई र वडा सदस्य चन्द्रकुमारी तामाङले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा स्वागत गर्दै अध्यक्ष सरुले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन क्लब एडमिनिस्ट्रेटर लायन शिला भट्टराई बरालले गरेकी थिइन् । 

उक्त कार्यक्रममा एओजि सत्यनारायण शर्मा, बागेडाँगी सामुदायिक विकास केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी, समाजसेवी आदरणीय व्यक्तित्वहरू, विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराई, वडा सदस्य चन्द्रकुमारी तामाङ, रिजन चियरपर्सन शर्मिला जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता चौधरी, सेकेन्ड भीपी पुनम घिमिरे, व्यङ्ग्य पत्रकार ज्ञानमणि भुर्तेल, फाल्गुनन्द छात्रावासका व्यवस्थापक मानबहादुर राई, कोषाध्यक्ष लायन निर्जला उप्रेतीलगायत  विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो।