भद्रपुर । 

 झापामा कृषकहरूले  उत्पादन गरेको धानबालीले  उचित मूल्य प्राप्त गर्न  सकोस् भन्ने उद्देश्यले सरकारद्वारा स्वीकृत ‌ न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य शुुरु गरिने भएको छ । यही मङ्सिर १५ गतेबाट ‌ न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य शुुरु गर्ने निर्णय भएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा सञ्चालन भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकबाट २०८३ मङ्सिर १५ गतेबाट खरिद प्रक्रिया थाल्ने निर्णय भएको हो। ।

झापा जिल्लाको हकमा नेपाल सरकारद्वारा स्वीकृत समर्थन मूल्यमा कुल १२ हजार क्विन्टल धान खरिद गरिने भएको छ । चालु आर्थिक वर्षमा सोना मनसुली धान न्यूनतम समर्थन मूल्य तीन हजार ८६० रुपैयाँ प्रति क्विन्टलका दरले ८ हजार  क्विन्टल र  रन्जित मनसुलीतर्फ प्रति क्विन्टल  तीन हजार ८६० का दरले ४ हजार क्विन्टल खाद्य संस्थान बिर्तामोड मार्फत  खरिद गरिने  भएको छ ।

स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहित गर्न सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा रहेर ‌ धानको खरिद बिक्री गर्ने ‌ कार्यमा ‌ स्वस्फुर्त एवं स्वेच्छिक सहभागिताका लागि सम्पूर्ण निजी क्षेत्रका ‌ उद्योगी व्यवसायीहरूलाई ‌समेत ‌ हार्दिक अनुरोध गरिएको छ। निजी क्षेत्रका हकमा भने यस्तो व्यवस्था  बाध्यकारी नरहेको बताइएको छ ।