झापा ।

 भद्रपुर नगरपालिकाको २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८मा संघीय सरकारको सशर्त अनुदानतर्फको चालू र पुँजीगत गरी २ करोड ३१ लाख २९ हजार १ सय २३ रुपैयाँ र प्रदेश सरकारको

समपूरक अनुदानतर्फको ३१ लाख २३ हजार ४ सय ७९ रुपैयाँ गरी कूल २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बराबरको बजेट फ्रिज भएको नगरपालिकाका लेखा अधिकृत सुभाष भट्टराईले जानकारी दिए ।  फ्रिज भएको बजेट संघीय र प्रदेश सरकारलाई फिर्ता पठाइसकेको उनले बताए ।

संघीय सरकारको सशर्त अनुदान चालूतर्फ लघु उद्यम विकास कार्यक्रम (मेडपा)को ३३ लाखमध्ये १३ लाख ३० हजार ४७० रुपैयाँ, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको ११ लाख ९८ हजारमध्ये ३ लाख १२ हजार ९७ रुपैयाँ, राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागको ४४ लाखमध्ये ७ लाख ८ हजार २०१ रुपैयाँ,

सबैका लागि शिक्षा आधारभूत तह शिक्षक तलबको ११ करोड ५६ लाख ३२ हजारमध्ये २६ लाख ५६ हजार ४७७ रुपैयाँ, जिल्लास्तर विद्यालय क्षेत्र विकास कार्यक्रमको ३ करोड ९६ लाख ७२ हजारमध्ये २८ लाख ५१ हजार ६३६ रुपैयाँ, बहु क्षेत्रीय पोषण कार्यक्रमको ३ लाख ३९ हजारमध्ये ३२ हजार ७५० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।

आजको पूर्वाञ्चल दैनिकबाट साभार