बिर्तामोड ।

होटल खोलेको निहुँमा बिर्तामाडका एक होटल संचालकलाई जिल्ला प्रशासन कार्यालयले २० हजार रुपैयाँ जरिवाना तिराएपछि त्यसको व्यवसायीहरुले तीब्र विरोध जनाएका छन् ।  निषेधाज्ञा उल्लंघन गरी होटल संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड ५ मा फुटस्टेप होटल संचालन गर्ने तिलहाङ लिम्बुलाई २० हजार रुपैयाँ जरिवाना तिराएको थियो । 

आम व्यवसायीहरुले त्यसको खुलेर विरोध जनाएका छन् । चेम्बर अफ कमर्स झापाले एक प्रेस विज्ञप्ति जारी गरी व्यापारीलाई मात्र धरपकड र दण्ड जरिवाना गरी आन्दोलित र आक्रोशित पार्ने काम भइरहेको भन्दै आगामी दिनमा यस्तो कार्य हुन नहुने जनाएको छ । 

बिर्तामोडमा भएको घटना अलि विभेदकारी देखिएको भन्दै यस विषयमा चेम्बर अफ कमर्स झापाका सबै कमिटीले घोर आपत्ति र भत्र्सना गरेको छ । गाडीको आवतजावत र पैदलयात्रीले जताततै भीड भएपनि व्यापारी नै किन पटक पटक पक्राउ पर्नु , पक्रिएका व्यापारीहरुमाथि किन दण्ड जरिवाना गरिनु विज्ञप्तिमा प्रश्न गरिएको छ ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली , महासचिव प्रदिप खरेल , प्रदेश नं उपाध्यक्ष सन्तोष अग्रवाल , अर्जुनधारा चेम्बर अफ कमर्सका अध्यक्ष पुष्पराज रेग्मी , मेची चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रविन्द्रकुमार बस्नेत , दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र दकाल र कन्काई चेम्बर अफ कमर्सका अध्यक्ष मिनालतिम्सिनाले संयुक्त रुपमा सो विज्ञप्ति जारी गरेका हुन् ।

 आगामी दिनमा समस्या जटिल होइन , सहज बनाउनेतर्फ सबैको सहकार्य तथा कर्तव्य हुने भन्दै आबश्यक परामर्श सल्लाह सुझावको लागि आफ्नो संस्था तयार रहेको जनाइएको छ । त्यस्तै सामाजिक संजालमार्फत व्यवसायीहरुले त्यस कार्वाहीको खुलेर विरोध जनाएका हुन् ।

नेपाल अलंैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले सामाजिक संजालमा लेखेका छन् – ‘सामान्य होटल खोलेको निहँुमा एउटा व्यवसायीलाई अपराधीलाई जस्तो रु २० हजार जरिवाना गराउने निर्णय खेदजनक छ । 

आजको प्रतिदिन दैनिकबाट साभार