लक्ष्मीपुर । 

बर्षौदेखि मोडलिङलाई आफ्नो पेशाको रुपमा स्थापित गर्दै आएका कनकाई नगरपालिका –८ का श्रेष्ठ दाजुभाई अर्जुनकुमार र लक्ष्मणज्वयल रानीतिक पनि उत्तिकै चासो राख्दै आएका छन् । 

मोडलिङसँगसँगै राजनीतिकमा पनि सक्रिय बन्दै गएका श्रेष्ठ दाजुभाई हालसालै १४ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशन गर्दै गरेको नेपाली काँग्रेस कनकाई नगरपालिका वडा नं. ८ को अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि र अध्यक्षमा निर्वाचित भएका छन् । 

दाजु अर्जुनकुमार क्षेत्रिय प्रतिनिधिमा चयन भएका छन् भने भाई लक्ष्मणज्वयल वडाको अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेसकोे कनकाई नगरपालिका वडा नं. ८ को सभापतिमा लक्ष्मणज्वयल निर्वाचित भएका छन् । 

समितिको उपसभापति सञ्जुदेवी मैनाली, सरोज कटुवाल, सचिव धिरेन खत्री, भिम अधिकारी, सहसचिव खगेन्द्र गिरी र प्रेम लुइटेल चयन भएका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधिमा लीलाबहादुर कटुवाल, केदार सम्शेर गिरी, श्रीप्रसाद भेटवाल, खगेन्द्र प्रसाई, रमेशबहादुर बस्नेत र ध्रुब लुइटेल चयन भएका छन् । क्षेत्रिय प्रतिनिधि खसआर्यबाट जितेन्द्र कार्की, टेकबहादुर बस्नेत, सीतादेवी दाहाल, क्षेत्रिय प्रतिनिधिमहिलातर्फ रिता उप्रेती, रिता गिरी, कल्पना कार्की चयन भएका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधि आरक्षण प्रमोद चौधरी, अर्जुनकुमार श्रेष्ठ, मायावती राजवंशी, मिना विक, नारायणलाल चौधरी र युवराज न्यौपाने चयन भएको  अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।