झापा । 

बलीवुड क्षेत्रका चर्चीत अभिनेता फिल्म पछाडि विभिन्न कार्यले चर्चामा रहने गर्छन् । यो पटक यस्तो खवर आएको छ जसमा सलमान खान, अक्षय कुमार र अजय देवगनसहित ३८ फिल्म कलाकारको नाममा निवेदन परेको छ  अन्य कलाकारमा दक्षिण भारतीय फिल्मका छन् ।  उनीहरुको विषयमा  दिल्लीका एक  वकीलले निवेदन दर्ता गराएका हुन् ।  २०१९ को घटनालाई लिएर उनले मुद्दा दर्ता गराएको  बुझिभएको छ । 

तीन बर्षअघि  हैदराबादमा भएको  जघन्य बलात्कारसँग जोडिएको जनाइएको छ । यो घटनामा वाटोमा स्कुटीमा हिडिरहेकी एउटा केटीलाई ४ जनाले अपहरण गरेर सामुहिक बलात्कार गरेका थिए भने बलात्कारपछि ती केटीलाई जिउँदै लगाइएको थियो ।

त्यसपछि देशभर ती केटीको न्यायका लागि आन्दोलन भएको थियो । सो समयमा सोसियल मीडियामा ती केटीको पक्षमा ठूलो आवाज उठेको थियो भने ती बलात्कारीलाई कारवाहीको माग गरिएको थियो ।  

एजेन्सीको सहयोगमा