झापा । 

वलिउड फिल्म क्षेत्रमा अहिलेको समयमा बोल्ड सीन्स सामान्य कुरा भएको छ । हिजोआज  रोमान्सलाई फिल्ममा देखाउनका लागि  फिल्म निर्माणकर्ताले पुरै परिवर्तन गरेका छन् । निर्माणकर्ताको परिवर्तनले  फिल्म क्षेत्रमा पनि परिवर्तन आएको छ भने दर्शकले पनि त्यसलाई स्वीकार्न थालेका छन् । अहिले सिनेमाघरमा पनि दर्शकले बोल्ड सिन्स हेर्दा असहज महसुस गर्न छाडेका छन् । फिल्ममा बोल्ड सिन्स सामान्य मान्न थालिएको छ ।  आजभोली पढेलेखेका  बलीउडका धेरै कलाकार वोल्ड सिन्स जस्ता हर्कत गर्दै गरेको देख्न सकिन्छ । 

यसअघिका केहि अभिनेता तथा अभिनेत्रीले यस्ता सिन्स नगर्ने कसम खाएका थिए । तर, पछि उनीहरुले नै स्क्रिप्ट र फिल्मको मागसँगै त्यसलाई  ब्रेक गरे ।  ऐश्वर्या राय बच्चन जसले   करियरको शुरुमा  अन–स्क्रीन कुनैपनि कलाकारकाको साथमा  लिप–लक गर्न मनाही गरेकी थिइन् ।  तर फिल्म धूम २ मा फिल्म र कथाको मागसँगै उनले आफ्नो कसम तोडिन् ।

अभिनेता अजय कुनैपनि अभिनेत्रीसँग  लिप–लक गरेरनन् तर उनैद्धारा निर्देशित फिल्म  ‘शिवाय’ त्यो मागलाई उनले तोडे । त्यस्तै अभिनेत्री करिना कपुर, अभिनेता सैफअली खान, शाहरुख खानलगायत धेरै कालाकारले त्यो सिन्सको माग र रकमलाई मध्यनजर गर्दै आफ्नो कसम तोड्न बाध्य भएका छन् ।  एजेन्सीको सहयोगमा