झापा ।

९० को दशकमा निर्माण भएका हिन्दी फिल्महरुमा भएका गीतहरु सदावहार गीत भएका छन् । त्यतीवेला बनेएका ती फिल्मका गीत आजभोली पनि अधिकांश ठाउँमा  गुन्जिने गर्छन् । त्यस्ता  हिट फिल्म दिने ४ जना अभिनेत्रीका विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।। ती मध्ये वलिउड फिल्म इन्डस्ट्रीलाई धेरै सुपरहिट फिल्म दिने अभिनेत्रीहरु मध्ये करिश्मा कपूर पनि एक हुन् । 

९० को दशकमा अभिनेत्री करिश्माले ५८ भन्दावढि फिल्म दिइन् ती मध्ये  १७ फिल्म हिट भएका थिए । करिश्माका हिट फिल्महरुमा अनाड़ी, हीरो नंबर १, राजा हिंदुस्तानी, बीवी नंबर १, दुल्हन हम लेजाएंगे, कुली नंबर १ जस्ता फिल्म हुन् ।  

यस्तै अभिनेत्री मध्ये  काजोलले ४० भन्दा बढि फिल्ममा काम गरिन् ती मध्ये १५ फिल्म हिट भए । काजोल अभिनित फिल्म कुछ कुछ होता है, दिलवाले दुल्हनिया लेजाएंगे, बाजीगर, प्यार तो होना ही था, करण–अर्जुन, कभी खुशी कभी गम, फनाह, माई नेम इज खान जस्ता फिल्म हिट छन् । 

हिट फिल्म दिनेको सुचिमा करीना कपूर खान पनि कम छैनन् । उनले ५२ फिल्म मध्ये १५ फिल्म हिट दिन सफल भएकी छिन् । कभी खुशी कभी गम, जब वी मेट, मैं प्रेम की दीवानी हूँ, क्योंकि , गोलमाल रिटर्न्सु, थ्री इडियट्सुलगायत छन् । 

यस्तै  प्रियंका चोपड़ा जोनस जसले १८ वटा फिल्ममा काम गरिन ती फैशन, दोस्ताना, मुझसे शादी करोगी, बर्फी, गुन्डे, डॉन २, क्रिशलगायत छन् । 

एजेन्सीको सहयोगमा