काठमाडौंं । 

कलाकारहरु राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिने भएका छन् ।  असोज ३ गते काठमाडौंको माइतीघर मण्डलामा र्यालीमा  बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, अभिनेता शिव श्रेष्ठ र कलाकार राजाराम पौडेल सहभागी हुन लागेका हुन् । 

नेपाली जनता नामक संस्थाले राजसंस्था पुनर्स्थापनाको मागसहित र्याली गर्न लागेको हो ।  नेपाली जनताले फेसबुकमा एक भिडियोमा कलाकार पौडेल,  अभिनेता शिव श्रेष्ठले पशुपतिनाथको देशमा जन्मिएका जनता अब जाग्ने बेला आएकाले र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन् ।