काठमाडौं । 

निर्देशक शोभित बस्नेतद्धारा निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ असोज २६ गते घटस्थापनामा प्रदर्शन हुने भएको छ । उक्त फिल्मको आइतवार काठमाडौमा  कार्यक्रमका गरी  ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक गर्दै घटस्थापनाका दिन प्रदर्शन गर्ने घोषणा गरिएको हो ।

गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ ।  उमङ्ग लामा र केशव चौलागाईंको शब्द रचना, उमङ्ग लामाको संगीत रहेको गीतको भिडियोमा अघिल्लो पुस्ताका तीन अभिनेता तथा अभिनेत्री शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लले एकैसाथ नाचेका छन् ।

नवराज गिरीको लगानी रहेको फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय रहेका छ ।