काठमाडौं । 

अभिनेता पुष्प खड्का  गत महिना सम्झौता गरेको फिल्म ‘एक्स ९’ मा अभिनय गर्ने भएका छन् । सो फिल्ममा अभिनेता सौगात मल्ल र अनमोल केसीको पनि अभिनय रहने जनाइएको छ । फिल्ममा तेक्वान्दो शैलीको एक्सन सिक्वेन्स हुने भएकाले पुष्प, सौगात र अनमोलले आफ्नो शरीरलाई ‘हेभी’ जिममा जान थालेका छन् । 

 चार महिनासम्म चल्ने जिम र एक्सनको तामिलका लागि निर्माण टिमले हरेक कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराएर प्रत्येक दिन तीन घन्टासम्म राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएको छ । जिम ट्रेनिङपछि कलाकारलाई चाहिने ‘डाइट प्लान’ पनि निर्माण टिमले नै उपलब्ध गराएको छ । अबको एक हप्तापछि सौगात, अनमोल र पुष्पले एक्सन तालिम पनि सुरु गर्ने फिल्म निर्माण जनाइएको छ । 

   ‘फिल्ममा एकदमै  फाइटहरु छ भने भिलेनहरु पनि एकदमै हेभी रहने छन् । कोरोना भाइरसले थलिएको फिल्म इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर फिल्ममा काम गर्न लागेको पुष्पले बताएका छन् ।