नयाँबजार ।
माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले बिजयी सुरुवात गर्दै सेमीफाइनल प्रवेश गरेको छ । उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै बिजयी सुरुवात गरेको हो ।
इन्जुरी समयमा सुजन तामाङले गोल गरेपछि माई ३–१ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । खेलको म्यान अफ दि म्याच हरि मगर घोषित हुँदै मेडल र ट्रफी प्राप्त गरे । दोश्रो क्वाटरफाइनल खेलमा बुधबार गाडागल्ली इनोभेटिक झापा र पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबबिच हुँदैछ ।
बालाचर्तुदर्शीको अवसरमा बालागुरु खेल मैदानमा प्रतियोगितामा हुँदैछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


















