- केशब चापागाईं
मदरगाछ ।
झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा बिहिबार सम्पन्न खेलमा झापाले ६२ रनले बाह्रदशीलाई पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो। १३२ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदशीले १४ दशमलब ४ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सक्यो।
झापाको व्याटिङ तर्फ राज सिटौलाले ४५ बलमा ५१ रन, निरज यादवले १३ बलमा २५ रन,अंकित दासले ११ बलमा १५ रन जोडे। बह्रदशीको बलिङ तर्फ राजा सहानिले ३ विकेट राकेश राजबन्शी र अलमास आलमले समन २(२ विकेट र दिपु चौधरिले १ विकेट लिएका थिए भने एउटा रन आउट रहेको थियो।
त्यस्तै दोस्रो इनिंगमा बाह्रदशीको व्याटिङमा इर्शाद आलमले २३ बलमा २३ रन बनाए भने अरु व्याट्समेनहरुले दोहोरो अंक जोड्न सकेनन। बलिङ तर्फ झापाका निरज यादबले ३ विकेट, राज सिटौला,अंकित दास र सज्जाद आलमले समान २(२ विकेट र प्रदीप कुमारले १ विकेट लिए।
खेलमा म्यान अफ द म्याच झापाका राज सिटौला घोषित भए। प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता रहने जनाइएको छ ।


















