चारआली ।

 झापाको चारआली चोकमा (आज)आइतवार महिला हिंसा विरुद्ध जनचेतना जगाउने उदेश्यले ‘कचहरी’ नाटक प्रदर्शन भएको छ । 

आशावादी बहुउद्देश्यी सहकारी संस्था, सामुदायिक प्रहरी सेवा केन्द तथा प्रहरी चौकी चारआलीको संयुक्त आयोजनामा नाटक प्रदर्शन भएको हो । 

सामुदायिक प्रहरी सेवा केन्द्र तथा मेचीनगर–१३ का अध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्य रहेको आशावादी बहुउद्देश्यी सहकारी संस्थाका कार्यकारी व्यवस्थापक तथासामुदायिक प्रहरी सेवा केन्द्र सदस्य बद्री महतले जानकारी दिए । उद्घाटन कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष सविना बजगाईले गरेकी थिइन् । 

कचहरी नाटकमा गाउँघरमा हुने महिला सिंहा विरुद्ध जनचेतना जगाइएको थियो । काँकडभिट्टाको परिवर्तन थ्रिएटर तथा त्यस अन्र्तगतको डिजिटल ड्रमाका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।

५ बर्षदेखि लगातार गरिदै आएको उक्त नाटक कोरोना महामारीका कारण २ बर्षदेखि रोकिए र यस बर्षदेखि निरन्तरता दिइन उपाध्यक्ष बजगाईले जानकारी दिइन् । कार्यक्रममा थ्रिएटरका अध्यक्ष लीला विष्ट, कलाकार कविता नेपाललगायतको उपस्थिति रहेको थियो । महिला हिंसा तथा कचहरी नाटकका समन्वय असई शोभा पराजुली र चारआली चौकी इन्चार्ज भिम श्रेष्ठले गरेका थिए ।

भिडियो पनि