हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले १५ दिने फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्यक्रम शुक्रबार (आज) सम्पन्न गरेको छ ।  मंसिर १७ गते शुक्रबारदेखि पौष महिनाको २ गतेसम्म सञ्चालन गरेको मतदाता नामावली संकलन कार्यक्रम सक्पन्न गरेको हो।

 मतदाता नामावली संकलन कार्यक्रममा विगतमा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका १६ बर्ष पुगेका सवै नेपाली नागरिकले आफ्नो नागरिकता लिएर केन्द्रमा गइ फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने कार्य गरिएको हो । 

१६ बर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण संकलन गर्ने कार्य भएको छ। त्यस्तै निर्वाचन आयोगले तोकेको मितिमा १८ बर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गराएको छ।

विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरुका लागि निर्वाचन आयोगले विशेष कार्यक्रम सञ्चालन गरी गाउँपालिकाको कार्यालय मंगलबारेमा नामावली संकलन गर्ने तयारी गरेको थियो । सो अबधिमा जम्मा ६ सय ५७ जनाले आफ्नो  नाम दर्ता गराएको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले जानकारी दिए।

उनले अझै पनि कोहि दर्ता गराउन बाँकी भएको भए जिल्ला निर्वाचन कार्यालय चन्द्रगढीमा गएर नाम दर्ता गराउन सकिने जानकारी दिएका छन् ।