• केशब चापागाई 

शरणामती। 

सोमबार देखि शनिबारसम्म झापा गाउँपालिकाको शरणामती हुन लागेको दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ।

भलिवल प्रतियोगिताका लागी शरणामती साथै जनता माविको खेलमैदान दुलहीझै सिगारिएको छ। शरणामतीका विभिन्न ठाउँमा प्रवेशद्वार राखिएको र स्टेज सजिसजाउ बनाइएको छ। भलिवल प्रतियोगिताका लागि खेलमैदान,दर्शक बस्ने ठाउँ लगायत सम्पुर्ण तयारी चुस्तदुरुस्त बनाइएको मिश्रले बताए।

खेलमा जिल्लाबाट १० टिम र जिल्ला बाहिरबाट ६ टिमले भाग लिने आयोजकले जानकारी दिएको छ।प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उप(विजेताले १ लाख नगद पुरस्कार पाउने भएका छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने छन्। सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छ।

त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत राम्रै नगद हात पार्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार हात पार्दा उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय प्राप्त गर्ने मिश्रले जानकारी दिए।

प्रतियोगिताको आयोजक झापा गाउँपालिका रहेको छ भने मुख्य प्रायोजक ट्राइगर ब्रुअरी रहेको छ। त्यस्तै स–प्रायोजकहरु एनआइसी बैंक, एनी ग्रुप तथा कनकाई गार्मेन्ट दुधे र शरणामती केवल नेटवर्क, रानी सामुदायिक वन, साहारा नेपाल र वोर्ड लिंक रहेका छन् ।