बिर्तामोड ।

बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन् । सोमबार (आज) झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

गुरुङको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा राजु गुरुङ, सचिव कुमार गुरुङ, सहसचिव चन्द्र तिम्सिना र कोषाध्यक्षमा भीम मुखिया सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा अनिता सुब्बा, नेत्रबहादुर गुरुङ, मिलन लिम्बू, तारामणि श्रेष्ठ, शेरबहादुर गुरुङ र मुना विष्ट चयन भएका छन् । साधारणसभा डिके गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।