बिर्तामोड ।
नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजना तथा प्याक एन्ड पाइडल नेपालको ब्यवस्थापनमा भएको ‘झापा साइक्लिङ च्यालेन्ज २०७८’ प्रतियोगिता सम्पन्न भएको छ ।
‘स्वाच्छ वातावरण, स्वस्थ शरिर’ भन्ने मुल नाराका साथ शनिवार(आज) आयोजना भएको प्रतियोगिता ४ वटा बिधामा प्रतिस्पर्धा भएको थियो ।
खुल्ला महिला समुहतर्फ १३ जना, जुनियर समुहतर्फ ३७ जना, ईलाइट समुहतर्फ ४० जना र मास्टर्स समुहतर्फ २२ जनासहित एकसय १२ जना प्रतिस्पर्धीको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रतियागिता महिला खुला (सबै उमेर समूह) बाट पहिलो इन्द्रकला नेम्वाङ, दोस्रो विदिशा चौधरी र तेस्रो केशिका राई भएका छन् ।
पुरुष एलाइटतर्फ (१९ देखि ३५ वर्षसम्म) पहिलो किरण लिम्बु, दोस्रो सचिन धिमाल र तेस्रो अवतार राई, जुनियर पुरुषतर्फ (१८ वर्षमुनि) हेमराज लिम्बु पहिलो, अनिष तामाङ दोस्रो र अभिषेकमादेन लिम्बु भएका छन् । त्यस्तै पुरुष मास्टर्सतर्फ (३५ वर्षदेखि माथि) पहिलो बिष्णुकुमार राई, दोस्रो रकम चाम्लिङ र तेस्रो नविन अग्रवाल भएका छन् ।

२० किलोमिटर लामो दुरीमा भएको साइक्लिङ प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई नगद ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेको आयोजक समितिका अध्यक्ष श्रेष्ठले बताए ।
नेवाः पासा मुना पुचः तथा आयोजक सकितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष तुलसा प्रधान रहेकी थिइन् । अर्जुनधारा–११ को लक्ष्मीधापको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष राजिव श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा प्याक एन्ड प्याडल नेपालका प्रमुख तथा कार्यक्रम संयोजक आकाश श्रेष्ठ, नमुना सामुदायिक वन समितिका अध्यक्ष भानु श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल श्रेष्ठले गरेका थिए ।


















