झापा ।

 बाल गायन रियालिटी सो सारेगमप लिटल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् भने दोस्रो उपाधी पनि झापाकै बाल गायिका रोशा फुयालले हात पारेकी छिन् । 

शनिबार राति सम्पन्न फाइनल प्रतियोगितामा बिर्तामोड –२ झापाकी १४ बर्षीया कृपाले प्रथम स्थान जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी थिइन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो स्थानपनि झापा मेचीनगरकी रोशाले हात पारिन् भने भारत सिलिगुडीका आदित्य विश्वकर्मा सेकेण्ड रनरअप भएका छन् ।