बिराटनगर । 

बिराटनगर महानगरपालिका वडा नम्वर ३ का अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार)  र उनकी धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेका छन् । सवारी दुर्घटनामा परेर निधन भएका स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’  कोषको स्थापना गरेका हुन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद  पच्चिस हजार तथा प्रशंसा–पत्र द्वारा सम्मान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाँको अक्षकोष स्थापना गरेर २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ को सुरुवात गरिने गरीने भएको कोषका संस्थापकले जनाएका छन् ।