झापा । 

गायक राजेशपायल राई  र गायिका तारा दुलालको स्वर रहेको ‘छुक्क छुक्क लिकैमा बाटो रेलैको’ बोलको गित चाँडै सार्वजनिक हुने भएको छ । 

गायिका दुलालको प्रस्तुती रहेको बहुप्रतिष्ठत गीतको अफिसियल म्युजिक भिडियोको सुटिङको तयारी भइरहेको बताइएको छ । शब्द जयराम राईको, संगीत तोरेम्पा हाङको रहेको गीतको म्युजिसियन रेकडिङ पुतलीसडक स्टुडियोमा रेकडिङ भएको हो ।                                 

त्यस्तै सुटिङका लागि मोडलहरुको छनोट हुँदै गरेको जनाइएको छ । केही दिनपछि तारा दुलाल युट्व च्यानलमार्फत गीत सार्वजनिक गरिने गायिका दुलालले जानकारी दिएकी छिन् । 

गीतमा झापासहित मोफसलका कलाकारलाई प्राथमिकता राखिने निर्माणपक्षले जनाएको छ ।