बिर्तामोड । 

झापाको बिर्तामोडमा महाशिवरात्री अनुष्ठान तथा सांगेतिक भजन सन्ध्या कार्यक्रम भएको छ । सोही कार्यक्रमकाबीच सारेगम लिटल च्याम्पको पहिलो उपाधि हात पारेकी कृपा पौडेल र द भ्वाइस अफ किड्स सिजन १ कि उपबिजेता अनुजा कडरियासहित मन्दिर प्रवेशद्वार निर्माणका लागि सहयोग गर्ने ५ जनालाई सम्मान गरिएको छ । 

बिर्तामोड १ स्थित कैलाशेश्वर महादेव परिसर पञ्चकन्यामा महाशिवरात्रीको अवसर पारेर आयोजित कार्यक्रममा मन्दिरको प्रवेशद्वार निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने स्वतीदेबी सोनी, २० हजार रुपैयाँ प्रदान गर्ने रेवत कार्की र मन्दिर निर्माणमा सहयोग पुर्याउने सप्तङ संगीत बिद्यालयका अध्यक्ष सरोज वत्सलाई सम्मान गरिएको हो । 

देबी पञ्चकन्या टोल विकास संस्थाले महाशिवरात्रिको अवसर पारेर आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

debi pachakanya

देबी पञ्चकन्या टोल विकास संस्थाका अध्यक्ष जनक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाकी सदस्य हेम कडरियाले स्वागत गरेको कार्यक्रमा कैलाशेश्वर महादेव निर्माण समितिका अध्यक्ष दिपक दाहाल, बिर्तामोड वडा नं. १ का वडाअध्यक्ष अग्नि पाण्डे, विवेकाश्रमका महासचिव तथा साङ्बेद संस्कृत बिद्यालयका अध्यक्ष छन्दुराम भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन कैलाशेश्वर महादेव निर्माण समितिका सचिव युवराज दाहालले गरेका थिए । दाहालले सम्मान, सांस्कृतिक तथा बेलुका भजन किर्तनको कार्यक्रम आयोजना हुने बताएका छन् । उक्त स्थानमा स्थापना गरिएको भगवान महादेवको मुर्ति पूर्वमै सवैभन्दा अग्लो भएको निर्माण समितिले दावी गर्दै आएको छ ।