बिर्तामोड ।

 नेपाली चलचित्र ‘चिसोएष्टे’ आगामी चैत्र ४ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउने भएको छ ।  ‘होलीको भोली भन्ने मुल नाराका साथ होलीको अवसर पारेर चलचित्र चिसोएष्टे प्रदर्शनमा आउन लागेको हो । 

चलचित्र निर्माण टोलीले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चलचित्र चिसोएष्टेका बिषयमा जानकारी गराएका थिए । चलचित्र चिसोएष्टेको प्रवद्र्धनका लागि निर्माण टोलीसहित आएका कलाकारले चलचित्रका बिषयमा जानकारी दिएका थिए । 

ss

कगारु क्रिएशन एण्ड लोकल सिनोमा प्रोडक्शनले क्रिएटिभ नेपाल फिल्मसँग संयोजन गरी चलचित्र निर्माण गरेको चलचित्रका निर्माता महेशबाबु तिम्सिनाले जानकारी दिए ।  दिनेश पाल्पालीको निर्देशनमा बनेको चलचित्र चिसोएष्टेको सहनिर्देशकमा नविन ढुङ्गाना रहेका छन् । 

आधुनिक बिषयबस्तु समेटेर तयार भएको चलचित्र करिव २ करोडको लगानीमा निर्माण भएको निर्माता तिम्सिनाले बताए ।  चलचित्रमा दिब्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशिलराज पाण्डे, रोविन तामाङ, इभोन जोशी, रिनेक्स बस्नेत, कृषा शाहीलगायतको अभिनय रहेको जनाइएको छ ।   पत्रकार भेटघाटका क्रममा कलाकार निकुन श्रेष्ठ र सृष्टि श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।