झापा । 

दुर्गा नेम्बाङ कला क्षेत्र, हितैषी र राजनीतिज्ञहरु माझ चिरपरिचित नाम हो। नेपाली कला क्षेत्रमा समेत दख्खल राख्ने नेम्बाङको आफ्नै पहिचान र प्रभाव छ।नेम्बाङ सफल चलचित्र निर्देशक र कलाकार पनि हुन् । उनले केहि नेपाली र लिम्बु भाषाको चलचित्रको निर्देशन गर्नुको साथै दर्जनौ चलचित्रमा कलाकारका रुपमा पनि  अभिनय पनि गरेका छन्।

उनले नेपाल चलचित्र बिकास बोर्डमा आदिवासी चलचित्र प्रवद्र्धन समितिमा सदस्य भएर काम गरिसकेका छन्। उनले दुइ दर्जन भन्दा बढी चलचित्र सबन्धि कार्यशालामा सहभागी भएर चलचित्र निर्माण सम्बन्धि ज्ञान हासिल गरेका छन् । नेपाली कला क्षेत्रलार्इ माया गर्ने  दुर्गा नेम्बाङ दर्जनौ रास्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।

खेलकुद क्षेत्रमा पनि रुची राख्ने नेम्बाङ नेपाल सितोरियो करातेकोको ब्याल्क बेल्ट हुन्। उनी धेरै रास्ट्रिय प्रतियोगितामा समेत सहभागी भएका छन् ।अनुशान लगनशीलता र समयको महत्व नेम्बाङले खेलकुदवाट नै सिकेको बताउछन् । 

यसबेला नेपाली राजनीतिमा सक्रिय भएर लागेका नेम्बाङ राजनीतिबाट नै समाजको रुपान्तरण गर्न सकिन्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् ।  प्रदेश नं १ सरकारका कृषि तथा पशुपंक्षी मन्त्री झलकबहादुर मगरका स्वकीय सचिव  नेम्बाङले गाउँबिकास गर्न र बिभिन्न कारणले अप्ठ्यारो परेका मानिस र दिन दुःखीको सहयोगको लागि रातदिन खटिने गरेको उनी निकट चन्द्र बस्नेत बताउछन्।

पार्टीले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक निभाउदै आएका नेम्बाङ  नेपाली राजनीतिमा सक्रिय भएर लागेका छन् । यतीबेला उनी  नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकबाट प्रदेशको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत भएका छन्।

नेम्बाङ एक भएपनि कला अनेक छन्। उनी सक्रिय युवाहरुका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । उनको लगनशीलता र सफल जीवनको कथा युवाहरुका लागी सफलताको पाठ बन्न सक्छ।