काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट चारवटा संगठनले कलाकार प्रकाश सपुतको म्युजिक भिडियो  ‘पिर’ युट्युवबाट हटाउन चेतावनी दिएका छन्। 

माओवादी निकट जनक्रान्तिमा घाइते तथा अपाङ्ग योद्धा सघ, अखिल नेपाल महिला संंघ (क्रान्तिकारी), जनसांस्कृतिक महासंघ, नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल भिडियो हटाउन माग गरेका हुन् । 

गीतले दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको बताएका छन्। ‘

चारवटा संगठनले संयुक्त रुपमा विज्ञप्तिमा प्रकाशित गर्दै  भनेका छन् ‘म्युजिक भिडियो प्रकाश सपुतको मात्रै  सिर्जना मान्न सकिदैन, यसको पृष्ठभूमि प्रतिगामी तत्वहरूले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।’