बिर्तामोड ।

 ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२२ को सिनियरतर्फको उपाधि बिर्तामोडकी स्प्रिया पोखरेल र सिर्जित भुजेलले उचालेका छन् भने जुनियरतर्फ आरोही कार्की र आरभ श्रेष्ठले उचालेका छन् ।

बिर्तामोड–२ स्थित चारपानेमा सम्पन्न प्रतियोगितामा सिनियरतर्फ रोयस गजमेर फस्र्ट रनरअप र स्नेहा पौडेल भए । सेकेन्ड रनरअप सानो बाबु अधिकारी र प्रिया सिटौला भएका थिए । त्यस्तै, जुनियरतर्फ आभास अधिकारी र ज्योति चौलागाईं फस्र्ट रनरअप भए भने सेकेन्ट रनरअपको अवार्ड एलिस आचार्य र एन्जल खेवाङले प्राप्त गरेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा सबटाइटलमा सिनियर गल्र्सतर्फ रिहाना श्रेष्ठ बेस्ट लिडरसिप, स्प्रिया पोखरेल ब्युटिफुल वाल्क र बेस्ट पर्फमेन्स, नेहा सिटौला बेस्ट कन्फिडेन्स, अनुष्का पराजुली मोस्ट ब्युटिफुल तथा अडियन्स चोइज अवार्ड, स्नेहा पौडेल मोस्ट फ्रेन्डली, तान्छोामा लिम्बू मोस्ट फोटोजेनिक, कृतिका यादव मोस्ट डिसिप्लिन, प्रिया सिटौला मोस्ट ट्यालेन्टेड, सृष्टि प्रसाईं ब्युटिफुल हेयर तर्फ उपाधि जितेका छन् ।

जुनियर गल्र्सतर्फको सबटाइटल उपाधि रिदिमा उप्रेतीले बेस्ट एक्सप्रेसन तथा सोसियल मल्टिमिडिया अवार्ड, धालिङ मगर ब्युटिफुल वाल्क, पूजा सुवेदी ब्युटिफुल स्माइल, प्रसिद्धि अधिकारी मोस्ट चार्मिङ, समृद्धि खरेल ब्युटिफुल पर्सानालिटी, आरोही कार्की मोस्ट ट्यालेन्टेड, प्रकृति राजवंशी ब्युटिफुल स्माइल तथा बेस्ट ड्रेस अवार्ड, ज्योति चम्लागाईं बेस्ट लिडरसिप, स्मारिका राजवंशी लिटिल कङ्नालिटी तथा अडियन्स चोइज अवार्ड, समृद्धि खरेल मोस्ट क्युट, जोया पुरी मोस्ट फ्रेन्डली अवार्ड जित्न सफल भएका छन् ।

सबटाइटलमा सिनियर बोइजतर्फ सिर्जित भुजेल मोस्ट फ्रेन्डली, सानोबाबु अधिकारी मोस्ट ट्यालेन्टेड, रोयस गजमेरले मोस्ट डिसिप्लिन उपाधि जितेका छन् । जुनियर बोइजतर्फ सामथ्र्यजङ्ग खड्का मोस्ट एनर्जेटिक, आभाष अधिकारी स्मार्ट वाल्क, आरभ श्रेष्ठ मोस्ट ट्यालेन्टेड र हेन्डस, एलिस आचार्य बेस्ट स्माइल, अर्मान राजवंशी मोस्ट कन्फिडेन्ट अवार्ड जित्न सफल भएका छन् ।

समाजसेवी जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, सिर्जना थापा, मनोज बोखरेल (सर्लाही), राजेन्द्र चौलागाईं, वीरता जेसीजका अध्यक्ष प्रवीन खड्का, शिक्षासेवी रोहित ढुङ्गेल, ग्यालेक्सी फिटनेसका सञ्चालक लाफा आईडी, बिर्तामोड आँखा अस्पतालका सञ्चालक थुमन राजवंशीको विशेष आतिथ्य रहेको थियो । 

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), शिक्षासेवी पुष्पाञ्जली सिन्हा, इनरह्विल क्लब बिर्तामोडकी अध्यक्ष जमुना भुषाल, नायक तथा गीतकार प्रकाश घिमिरे, मोडल ग्रेस राजभण्डारी रहेका थिए । कार्यक्रममा चर्चित गायक पुष्पन प्रधान, गंगा विष्ट, सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेल लगायतको सांगीतिक प्रस्तुति रहेको थियो । 

कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ तथा विनिसा दाहालले गरेका थिए । लायन्स क्लब सिन्धुलीकी पूर्व अध्यक्ष, कनकाई नगरपालिका नेवाः मिसा दवूकी संस्थापक अध्यक्ष तथा समाजसेवी कविता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।