सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले प्रशासनिक भवनको उद्घाटनसँगै जग्गादाताको परिवारलाई सम्मान गरेको छ । त्यस्तै प्रदेश नं. १ मै पाँचवटा प्यामेन्ट पार्टनरसँग सम्झौता गरी बिद्युतीय कर भुक्तानी सेवा शुरु गरेको छ । 

नगरले नगरलाई १३ कठ्ठा जग्गा प्रदान गर्ने मातृका सिटौला र अञ्जना सिटौला, उमा सिटौलासहित सिटौला परिवार र २ कठ्ठा जग्गा प्रदान गर्ने सरद ओलीसहित परिवालाई सम्मान गरेको हो । प्रशासनिक भवन ८ करोड ३८ लाख २० हजार ६४५ रुपैयाँ ९१ पैसामा निर्माण सम्पन्न भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । 

नगरले इ–सेवा, आईएमई प्ये, पर्भु प्ये, खल्ती, कनेक्ट आइपीएस प्येसँग सम्झौता गरी बिद्युतीय कर भुक्तानी सेवा शुभराम्भ गरेको हो । 

नगरले बुधवार समारोहकाबीच बिद्युतीय कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । ५ वटा प्यामेन्ट पार्टनरसँग सम्झौता गर्ने प्रदेश नं. १ मै पहिलो पालिका कनकाई भएको सूचना प्रबिधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए । 

आगामी आर्थिक बर्षदेखि बिद्युतीय अनलाइनबाटै सिफारिस पनि शुरु गरिने मिश्रले बताएका छन् । उनका अनुसार सर्वसाधारणलाई निःशुल्क उपलब्ध हुने  सिफारिस, बिजुलीको मिटर जोड्ने, जग्गाको चारकिल्ला जोड्ने सिफारिससहित सम्पूर्ण सिफारिसका कार्य अनलाइन प्रणलीबाटै प्रदान गरिने छन् । 

त्यस्तै सोही कार्यक्रमकाबीच प्रतिआत्मक स्तम्भ र खुल्ला व्यामशालाको समेत उद्घाटन गरिएको नगर प्रमुख पोखरेलले बताएका छन् । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपमेयर मञ्जु प्रसाईले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा नं. ४ वडाअध्यक्ष गोबिन्द पौडेलले गरेका थिए ।